रामधुनी : सुनसरीको रामधुनी नगरपालिकामा नेपाली कांग्रेसले मेयरमा सुदीप अधिकारीलाई टिकट दिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा सोमबार भएको छलफलबाट अधिकारीलाई मेयरमा टिकट दिने निर्णय भएको हो ।
अधिकारी कांग्रेस रामधुनी नगरसभापति समेत हुन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अधिकारीलाई मेयर उठाउने निर्णय भएको हो ।













Discussion about this post