इटहरी : आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस इटहरी उपमहागनर समितिले चुनावी अभिायनलाई तीव्रता दिन तीनहजार एक सदस्य निर्वाचन परिचालन मूल समिति गठन गरेको छ ।
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका रोहित प्रसाईँको संयोजकत्वमा मुल समिति गठन गरिएको हो ।
उपमहानगर समितिले अन्य विभिन्न समितिहरू पनि गठन गरेको छ । निर्वाचनलाई प्रभावकारी ढंगबाट सञ्चालनका लागि विभिन्न समिति गठन गरी निर्वाचन अभियानलाई अगाडि बढाउने निर्णय गरिएको छ । गठन गरिएका समितिहरूमा चुनाव आर्थिक व्यवस्थापन समिति संयोजकमा भीमबहादुर पौडेल, चुनाव अनुगमन समिति संयोजक विकास केसी, सह–संयोजक विजय केसीलाई जिम्मेवारी तोकिएको छ ।
निर्वाचन तथा उम्मेद्धारको प्रचारप्रसारका लागि चुना वप्रचारप्रसार समिति संयोजक शिवराज दाहाललाई जिम्मेवारी दिएको छ ।
यस्तै, युवा तथा तरुण परिचालन समिति संयोजकमा विष्णु खत्री, विद्यार्थी परिचालन समिति संयोजकमा बुद्धहाङं लिम्बू, महिला परिचालन समिति संयोजकमा विमला शिवाकोटी ढकाललाई जिम्मेवारी दिइएको छ ।
यस्तै, नेपाली कांग्रेसको प्रदेश निर्वाचन क्षेत्र २ (क) अनुगमन समिति संयोजक शुबेक्छु देवान राई, प्रदेश निर्वाचन क्षेत्र ३ (क) अनुगमन समिति संयोजक दीपक ढकालको संयोजकत्वमा समिति गठन गरिएको छ ।
विभिन्न समूहगत र क्षेत्रलाई समेट्ने गरी अन्य समितिहरू पनि निर्माण गरिएका छन् ।
जसअन्र्तगत जेष्ठ राजनीतिज्ञ समन्वय समिति संयोजक फूलराज सुवेदी, आदिवासी जनजाति समिति संयोजक कालुराम राई (गोपाल), दलित समन्वय समिति संयोजक गजेन्द्र खाती, नागरिक समाज समन्वय समिति संयोजक राजेश श्रेष्ठ, मतदाता शिक्षा समन्वय समिति संयोजक कृष्णकला राई र सामाजिक संघ संस्था समन्वय समिति संयोजक ईश्वरी पराजुलीलाई जिम्मेवारी दिईएका छ ।
बैशाख ३० गते हुने निर्वाचनका लागि सबै समितिमार्फत चुनावी अभियान तीव्रताका साथ सञ्चालन गर्ने नेपाली कांग्रेस उपमहानगरका सचिव विक्रम घिमिरेले जानकारी दिए । उम्मेद्धारसहितको घरदैलो अभियान पनि सुरु गरिएको उनले बताए ।
Discussion about this post