इटहरी : इटहरीबासीलाई डुबानको क्रसबाट मुक्त बनाउने गठबन्धनको मुख्य एजेण्डा भएको नेपाली काँग्रेसका मेयरका उम्मेद्धार हेमकर्ण पौडेलले बताएका छन् ।
बर्षेनी सेरा खोला, बूढीखोला र टेङ्ग्राखोलामा आउने बाढी र डुबानको त्रासमा इटहरीबासी त्रसित भएर बस्नुपर्ने अवस्था रहेकाले यसको अन्त्य हुने दिन नजिकिएको उनको दाबी छ ।
“पानी पर्न थालेपछि हिजो नदी किनारका बासिन्दाहरू त्रसित हुन्थे तर अहिले मुख्य बजार क्षेत्रका बासिन्दा त्रसित हुने अवस्था आएको छ,” उनले भने, “गैरीगाउँका जनतालाई तटबन्धनको आशमा भोट मागेर जितेका दलहरू अहिले मुख्य बजारमा डुबान रोक्ने भनेर भोट मागिरहेको अवस्था छ ।”
डुबानलाई बल्झिरहने घाउ बनाएर भोट माग्ने पक्षमा आफूहरू नरहेकाले गठबन्धनका उम्मेदवारलाई जिताउन उनको अपिल थियो ।
उनले भने, “गठबन्धन निर्वाचित भएको पहिलो वर्ष नै सेरा खोलाको च्यानलिङ गर्नेछु, बाढीमुक्त इटहरी बनाएर इटहरीबासीको त्रास अन्त्य गर्नेछु ।”
वर्तमान सरकारले बाढी र डुबान नियन्त्रण गर्न नसकेको पौडेलको आरोप छ ।














Discussion about this post