इटहरी : इटहरीमा ११ जना किरियापुत्रीले मतदान गरेका छन् ।
इटहरी ७ को लक्ष्मी माध्यमिक विद्यालयबाट ६ जना र इटहरी १६ को सरस्वती जब्दी माध्यमिक विद्यालयबाट पाँचजनाले गरी नौ जनाले मतदान गरेका हुन् ।
इटहरी ७ बाट चन्द्रकान्त न्यौपाने, लोकनाथ न्यौपाने, त्रिभुराज न्यौपाने, सपना न्यौपाने, तिला न्यौपाने र उर्मिला न्यौपानेले मतदान गरेका छन् । यस्तै, इटहरी १६ बाट प्रेमप्रसाद न्यौपाने, शोभा न्यौपाने, धर्मकुमारी न्यौपाने, गीता न्यौपाने र गरिमा न्यौपानेलेले मतदान गरेका हुन् ।
बुवा तोयानाथ न्यौपानेको निधन भएको नवौँ दिनका दिन उनीहरूले आज मतदान गरेका हुन् ।
(यसअघि नौ जनाले भएकोमा सच्याइएको छ ।)














Discussion about this post