धरान : धरान १ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार वडाध्यक्षमा कांग्रेसका यज्ञमणि आचार्यले ७५७ मत ल्याएर विजयी भएका छन् ।
यस्तै, महिला सदस्यमा रहिसा कसजु (श्रेष्ठ), दलित महिला सदस्यमा रीता सुन्दास, खुल्ला सदस्यमा विनोद मानन्धर र खुल्ला सदस्यमा उज्जवल बास्तोला विजयी भएका हुन् ।
यस्तै, राप्रपाबाट वडाध्यक्षमा उम्मेदवारी दिएका रोशन अधिकारीको ७०३ मत प्राप्त गरेभने एमालेका सुमन श्रेष्ठले १७७ मत प्राप्त गरेका छन् ।














Discussion about this post