इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. २ मा नेकपा एमालेको प्यानलै निर्वाचित भएको छ ।
नेकपा एमालेका माधव कोइरालाले ३,२२७ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका राजु बस्नेतले २,८०३ मत प्राप्त गरे ।
निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार महिला सदस्यमा भीमाकुमारी तुम्बाहाम्फेले ३,२३४ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा चम्पामाया विश्वकर्माले ३,२०५ मत प्राप्त गर्दै विजयी भइन् ।
खुल्ला सदस्यमा कृष्णकुमार राईले २,९११ मत प्राप्त गरेभने दुर्गाबहादुर खत्रीले ३,०६२ मत प्राप्त गर्दै विजयी भए । विजयी सबै नेकपा एमालेका उम्मेदवार हुन् ।














Discussion about this post