रामधुनी : सुनसरीको रामधुनी नगरपालिकामा नेकपा एमालेबाट मेयरमा शंकर चौधरी र उपमेयरमा तारा थापा निर्वाचित भएका छन् ।
चौधरीले १३ हजार ७७२ मत ल्याएर निर्वाचित भएका हुन् भने उपेयरमा थापाले १३ हजार १२८ मत ल्याएर निर्वाचित भइन् ।
चौधरीका निकटम प्रतिद्दन्दी मेयरमा नेपाली कांग्रेसका सुदीप अधिकारीले ११ हजार ४३५ मत प्राप्त गरे । थापाकी निकटम प्रतिद्दन्दी कांग्रेसकी आशा चौधरीले १० हजार ४९३ मत ल्याइन् ।
रामधुनीमा पाँचवटा वडा एमालेले जितेको छ । जसमा वडा नं. २, ३, ४, ७ र ८ जितेको छ ।
नेपाली कांग्रेसले तीनवटा वडा जितेको छ भने एकीकृत समाजवादी पार्टीले एउटा वडा जितेको छ । कांग्रेसले वडा नं. १, ५ र ६ जितेको छ । नेकपा एकीकृत समाजवादीले वडा नं. ९ जितेको छ ।














Discussion about this post