इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. १५ र १७ मा नेकपा एमालेको प्यानलै निर्वाचित भएको छ ।
इटहरी १५ को वडाध्यक्षमा एमालेका जयनारायण चौधरीले ७६९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका श्रवणकुमार चौधरीले ५०२ मत प्राप्त गरे ।
यस्तै, महिला सदस्यमा सारोकुमारी चौधरी, दलित महिला सदस्यमा भुतिनदेवी मुसहर, खुल्ला सदस्यमा लालु चौधरी र अभिषेक चौधरी निर्वाचित भएका छन् । निर्वाचित सबै नेकपा एमालेका उम्मेदवार हुन् ।
यस्तै, इटहरी १७ मा पनि नेकपा एमालेको प्यानलै निर्वाचित भएको छ । एमालेका प्रभातकुमार आचार्यले २,२२२ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भए । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका भगवानलाल साहले १,८८१ मत प्राप्त गरे । उनी यसअघिका पनि वडाध्यक्ष हुन् ।
यस्तै, महिला सदस्यमा विष्णुकुमारी खड्का, दलित महिला सदस्यमा रेवियादेवी सदा, खुल्ला सदस्यमा काशिम मिया र श्यामकुमार चौधरी निर्वाचित भएका छन् । निर्वाचित सबैजना नेकपा एमालेका उम्मेदवार हुन् ।
Discussion about this post