धरान : धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता फराकिलो बनाएका छन् ।
मतगणनाको पछिल्लो विवरण अनुसार धरानमा साम्पाङले १३ हजार ४०५ मत प्राप्त गरेका छन् ।
यस्तै, गठबन्धनका उम्मेदवार कांग्रेसका किशोर राईले ११ हजार ४४ मत प्राप्त गरेका छन् ।
राई र साम्पाङ बीचको मतान्तर २ हजार ३६१ रहेको छ । यस्तै, नेकपा एमालेकी मञ्जु भण्डारीले भने ९ हजार ५४ मत पाएर तेस्रो स्थानमा रहेकी छन् ।
उपमेयरमा भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाको अग्रता कायमै रहेको छ।
उनले हालसम्म १३ हजार ५९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका पदम इस्वो लिम्बूले १२ हजार ३१७ मत प्राप्त गरेका छन् ।
Discussion about this post