इटहरी : इटहरी उपमहानगरपालिकामा नेकपा एमालेको विरासत ढलेको छ । एमालेले आफ्नो गढ मान्दै आएको इटहरीमा विरासत ढलेको हो ।
इटहरी उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौडेलले ३३,०४९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका यामकुमार सुब्बाले २८,०३१ मत प्राप्त गरे ।
नगरसभापति समेत रहेका पौडेल यसअघि ०७४ मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।
लामो समयदेखि नेकपा एमालेले राज गर्दै आएको इटहरीको मेयरमा निर्वाचित भएपछि उनले अब विकास निर्माणमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
उपमेयरमा भने नेकपा एमालेकी संगीता चौधरी विजयी भएकी छन् । चौधरीले ३२,४३६ मत प्राप्त गरिन् ।
यस्तै, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले १८,०३१ मत प्राप्त गरे ।
Discussion about this post