बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेसका रमेश कार्की निर्वाचित भएका छन् ।
प्रमुखमा निर्वाचित कार्कीले एमालेका निलम खनाललाई ५ हजार १ सय ३९ को मतान्तरले पराजित गरेका छन् ।
कार्कीले १९ हजार २ सय ९३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी खनालले १४ हजार १ सय ५८ मत मात्र पाए। खनाल वराहक्षेत्र नगरपालिकाकामा ०७४ सालमा नगरप्रमुखमा निर्वाचित भएका थिए ।
यस्तै, उपप्रमुखमा नेकपा एमालेकी नन्दकुमारी राई निर्वाचित भएकी छन् । राईले १५ हजार ७ सय ६६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट माओवादी केन्द्रका अमित गौतमले १० हजार ५ सय ४४ मत प्राप्त गरे ।
Discussion about this post