इटहरी : इटहरी उपमहानगरपालिका–४ संगीत चोकबाट प्रहरीले १९ ग्रामभन्दा बढी ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–३ का २७ वर्षीय सुवास अर्याल र सिन्धुपाल्चोकको सुन्दरी गाउँपालिका–३ का ३७ वर्षीय विक्रम कार्की रहेका छन् ।
बुधबार दिउँसो २ः४० बजेतिर इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले संगीत चोकस्थित भित्री बाटोमा हिँडिरहेका उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारेपछि खानतलासी गरेको थियो । सो क्रममा उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १९ दशमलब ३२ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा ल्याइएको छ । उनीहरूमाथि लागूऔषधसम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post