Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भ्रष्टाचारको अखडा बन्दै धरानको वीपी प्रतिष्ठान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १९, २०७७
in समाचार
0
सुत्केरी महिलाको मृत्यु भएपछि वीपी स्वास्थ्य प्रतिष्ठान तनावग्रस्त
145
SHARES
Share on FacebookShare on Twitter

धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो कोभिड अस्पतालमा औषधि र सर–सामान आपूर्ति गर्न बिनाटेन्डर करोडौंको ठेक्का त्यस्तो व्यक्तिलाई दिएको छ, जो अख्तियारको मुद्दा खेपिरहेका छन्। सामान आपूर्तिमा अनियमितता गरेको अभियोगमा अख्तियारले चलाएको मुद्दा विचाराधीन रहेकै अवस्थामा चेतन अग्रवाल पुनः त्यस्तै कामका लागि प्रतिष्ठान छिरेका हुन्।

तत्कालीन उपकुलपति डा. बलभद्र दाससँग मिलेर लेखिएको मूल्यभन्दा महँगोमा सामान उपलब्ध गराएको मुद्दामा उनी अदालत धाइरहेकै छन्। उक्त मुद्दामा उनी १० लाख रुपैयाँ धरौटीमा छुटेका थिए। कोभिड अस्पताललाई आवश्यक सामग्री खरिद गर्दा कोभिड मूल्यांकन समितिको सिफारिस लिनुपर्ने प्रावधान छ। तर, निर्देशक गौरीशंकर साहको मात्र सिफारिसमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सोझै उक्त ठेक्का दिएका थिए।

उपकुलपति डा. गिरीले कानुनविपरीत खरिदमा दबाब दिएपछि कोभिड अस्पताल प्रमुख डा. कृष्ण पोखरेलले त्यही क्रममा राजीनामा दिएकी थिइन्। कानुन मिचेर विभिन्न उपकरण र औषधि खरिद गर्न नमानेपछि खरिद शाखाका प्रमुख विष्णु चापागाईंलाई पनि अन्यत्र सरुवा गरिएको थियो। ‘जुन नेतृत्व आए पनि प्रतिष्ठान कमाउ अड्डा नै भइरहेको छ’, प्रतिष्ठान कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थापा भन्छन्, ‘उपकुलपति गिरीका पालामा पनि अनियमितता रोकिएन। बरु बढ्यो।’

कालोसूचीमा राख्नुपर्ने व्यक्ति खोजी–खोजी ठेक्का दिने गरिएको छ। चेतन मात्र यसको उदाहरण होइनन्, अक्सिजन प्लान्ट बनाउने ठेक्का पाएका विज्ञान अर्यालले सम्झौताअनुसार काम गरेनन्। उनको काम अस्वीकृत त भयो तर प्रतिष्ठानले भुक्तानी प्रक्रिया अघि बढाएको उच्च स्रोतले जानकारी दियो। ‘उनलाई कालोसूचीमा राख्ने छलफल हुँदै थियो’, लेखासम्बद्ध एक अधिकारीले भने, ‘अचानक भुक्तानी दिने आदेश पो आयो।’

देशकै प्रतिष्ठित स्वास्थ्य संस्था बीपी प्रतिष्ठान आर्थिक अनियमितता गर्ने अखडा बनेको छ। दक्ष जनशक्ति उत्पादन, चिकित्सा अनुसन्धान र विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले खोलिएको प्रतिष्ठान लुटेर खाने थलो बनेपछि धरानवासी चिन्तित भएका छन्।

गिरी जेठमा उपकुलपति भएर आउनुअघि प्रतिष्ठान ३२ करोड रुपैयाँ घाटामा थियो। त्यसयता ८ महिनामा यसको घाटा बढेर एक अर्ब ७ करोड पुगेको व्यवस्थापन उच्च स्रोतले जानकारी दियो। ‘प्रतिष्ठान ओरोलो लाग्नुमा उपकुलपति डा. गिरी, राजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीलगायत उच्च पदाधिकारीको अनियमितता मुख्य कारण हो’, स्रोत भन्छ।

प्रतिष्ठानका पूर्वपदाधिकारी डा. बलभद्र दास, डा. आरके रौनियार, तुलबहादुर श्रेष्ठ, अरविन्द सिन्हा, कर्मचारी अमित श्रीवास्तव, दिनेश दाहाल, रुपा अग्रवाल, रमेश खतिवडालगायत विरुद्ध भ्रष्टाचार मुद्दा लागिसकेको छ। त्यो घटनाले वर्तमान नेतृत्व र व्यवस्थापनलाई निरुत्साहन गरेको छैन।

प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. राजकुमार रौनियार सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारले पक्राउ गरी मुद्दा चलाएपछि उनी स्वतः निलम्बनमा परे। उनीविरुद्ध मुद्दा विशेष अदालतमा विचाराधीन छ। खाली रहेको उक्त पदमा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निजी अस्पताल सञ्चालक डा. गिरीलाई जेठमा प्रतिष्ठानको उपकुलपति बनाएका थिए।

साउनमा नियुक्त रजिस्ट्रार डा. रेग्मी कानुनतः उक्त पदमा अयोग्य रहेको मुद्दा पनि विचाराधीन छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नियमावलीअनुसार रजिस्ट्रार हुन स्वास्थ्य प्रशासन वा व्यवस्थापन वा अन्य विषयमा उच्च शिक्षा प्राप्त गरी प्रशासनमा अनुभव भएको व्यक्ति चाहिन्छ। डा. रेग्मीको प्रशासनमा अनुभव छैन भन्दै मुद्दा परेको छ।

प्रतिष्ठानमा उपकुलपति र रजिस्ट्रारबीच कामको समन्वय छैन। दुवैका छुट्टाछुट्टै प्यानल छन्। ‘आर्थिक अनियमितता गर्न अग्रसर हुनेहरू फरक–फरक बिचौलियामार्फत उपकुलपति वा रजिस्ट्रारसम्म जान्छन्’, प्रतिष्ठान स्रोत भन्छ, ‘कसले कसलाई हात लिने भन्नेमा हानथाप चल्छ।

गिरीले पदको दुरुपयोग गर्दै प्रतिष्ठानलाई आर्थिक भार पर्ने गरी, आर्थिक, प्रशासनिक र प्रेस संयोजक नियुक्त गरेको, क्वार्टरमा समेत कार्यालय सहयोगी राखेर व्यक्तिगत प्रयोग हुने सामग्री खरिद गराई प्रतिष्ठानबाट भुक्तानी दिएको थापाको आरोप छ।

उपकुलपति डा. गिरी, रजिस्ट्रार डा. रेग्मी र निर्देशक साहलगायतले पदीय दुरुपयोग गरी प्रतिष्ठानको नियमावलीविपरीत आवास तथा आवास मर्मत, सवारी साधन, भत्ता, सुरक्षा इन्धन, बिदाका दिन सवारीसाधनको दुरुपयोग र भोज खर्च आयोजना गरी प्रतिष्ठानमा चरम आर्थिक अनियमितता गरेको पनि अध्यक्ष थापाले आरोप लगाए।

प्रतिष्ठानका चिकित्सक, नर्स र कर्मचारीलाई नियमित तलब भुक्तानी गर्न नसकेको अवस्थामा उपकुलपति गिरी र रजिस्ट्रार रेग्मीले आफूनिकटका व्यक्तिलाई प्रतिष्ठानमा बिनाप्रतिस्पर्धा भर्ती गरेको पनि थापाले बताएका छन्। रजिस्ट्रार रेग्मीले अनावश्यक निजी सुरक्षा गार्ड राखेर प्रतिष्ठानलाई आर्थिक भार बढाएका छन्।

प्रतिष्ठान मेडिकल तथा डेन्टल फ्याकल्टी कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले प्रतिष्ठानका पदाधिकारीको कमजोर व्यवस्थापनका कारण यो घाटामा झरिरहेको बताए। त्यही कारण चिकित्सकले बिरामीलाई भरपर्दो सेवा दिन नसकेको गुनासो गरे। प्रतिष्ठानको रेडियोलोजी सेवा  सुधार नगर्नु, वृद्धि भएको तलब र जोखिम भत्ता उपलब्ध नगराउनुका साथै चिकित्सक कर्मचारीको समयमा बढुवा प्रक्रिया अगाडि बढाउन नसक्नु पदाधिकारीको अक्षमता रहेको औंल्याए।

उपचारका लागि आउने बिरामीलाई सिटीस्क्यान, भिडियो एक्सरे, एमआरआई गर्नुपर्दा महिना दिनपछि बोलाउने, आईसीयू, एनआईसीयू र डाइलासिस सेवा विस्तार नगर्दा धरानवासीले अकालमा ज्यान गुमाउनुपरेको प्रतिष्ठान सुधार संघर्ष समितिका उपाध्यक्ष डा. राजेन्द्र शर्माले बताए। उनले प्रतिष्ठानलाई धराशयी बनाउने प्रतिष्ठानकै पदाधिकारी भएकाले यहाँ भएको भ्रष्टाचारको सत्य–तथ्य छानबिन गरी दोषीउपर कडा कारबाही गर्न माग गरेका छन्।

प्रतिष्ठानका रजिस्ट्रार रेग्मीले कोरोना र विविध कारणले प्रतिष्ठान एक अर्ब ७ करोड घाटामा रहेको बताए। उनले आर्थिक अनियमिततामा आफ्नो संलग्नता नभएको दाबी गरे। उपकुलपति गिरीले पनि प्रतिष्ठानमा सुधार गर्ने उद्देश्यले आए पनि कोरोनाका कारण भनेअनुसार काम गर्न नसकेको दाबी गरे। उनले आफूले नियमविपरीत भ्रष्टाचार गरेको प्रमाणित भए राजीनामा दिने बताए।

रत्नप्रसाद आचार्यले लेखेको यो समाचार अन्नपूर्ण पोष्टबाट साभार गरिएको हो ।

Tags: #धरान#स्वास्थ्य
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड
FEATURE BREAKING

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार राजनीतिक संकटको संघारमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य...

सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द
FEATURE BREAKING

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : लामो समयदेखि निष्क्रिय रहेका सुनसरी र मोरङका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। उद्योग, कृषि तथा...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३
कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

असार ३२, २०८३
इलामको रिखुवा खोलामा ३० करोडको पुल

इलामको रिखुवा खोलामा ३० करोडको पुल

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    780 shares
    Share 312 Tweet 195
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    462 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.