अवैध लागूऔषध सहित सुनसरीबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका १७ पटनालीबाट सुनसरीको कोशी गाउपालिका ६ वस्ने वर्ष २१ को मन्दिप राम सहित २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जेब्रा झोला भित्र मोटरसाइकलको बीच भागमा च्यापेर लुकाई छिपाई लिएर गएको अवस्थामा ७२ बोतल लागूऔषध सहित नियन्त्रणमा लिइएको हो ।
उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट दिन ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post