इटहरी : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता तथा सुनसरी पार्टी सभापति राजीव कोइरालाले संसद पुनर्स्थापना पहिलो प्राथमिकता रहेको बताएका छन् ।
नेपाली कांग्रेसका सुभेच्छुक संस्थाले शनिबार सुनसरीको इनरुवामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले संसद पुनर्स्थापना कांग्रेसको पहिलो प्राथमिकता रहेको बताएका हुन् ।
वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान लत्याएको उदृत गर्दै कोइरालाले संसद तत्काल पुनर्स्थापना हुनुपर्नेमा जोड दिए ।
Discussion about this post