प्रदेश १ को सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज (आइतबार) दिउँसो २ बजे बस्दैछ ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बस्न लागेको बैठकको कार्यसूची तयार गर्नका लागि सभामुख प्रदीपकुमार भण्डारीले आइतबार बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर बैठक स्थगित भएको थियो ।
आइतबारको बैठकमा आफ्नो समूहले कारवाही गरेका १६ जना प्रदेश सभा सदस्यलाई प्रवेश दिएमा बैठक रोक्ने पक्षमा ओली समूह छ । तर मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव समूह आइतबारको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्नुपर्ने अडानमा छ ।














Discussion about this post