प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने मागसहित परेका रिटउपर भोली मंगलबार सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएकाले सर्वोच्चका सबै कामकारबाही मंगलबार बन्द हुने भएका हुन् ।
सोमबारको संवैधानिक इजलासका नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बताएका हुन् । पाण्डेको सोमबार बिहान निधन भएको थियो ।
पाण्डे मल्लिक आयोगका सदस्य समेत रहेका थिए ।
Discussion about this post