झापाको भद्रपुरमा एक व्यक्तिले ढुंगा प्रहार गरि आफ्नै पत्नीको हत्या गरेका छन्।
भद्रपुर नगरपालिका ७ बुधकरण टी स्टेटको १० नम्बर क्वाटरमा बसोबास गर्दै आइरहेका अन्दाजी ६० वर्षीय साहिबा उरावले पत्नी ५७ वर्षीया फुलसिता उरावको हत्या गरेका हुन्।
पत्नीको हत्या गरेको आरोपमा प्रहरीले साहिबालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए। उनका अनुसार पति पत्नी दुवै जनाले मदिरा सेवन गरि सामान्य घर झगडा गरेका थिए।
झगडाको क्रममा साहिबाले उनकी पत्नीको टाउकोमा ढुङ्गा प्रहार गरेका थिए।














Discussion about this post