मोरङ : मोरङ ग्रामथान २ बस्ने ४५ बर्षीया रम्वादेवी महतोको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।
बुधबार दिउसो बुढीगंगा २ चोक नजिकै ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १ ०२ ००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स अनियन्त्रित भई पैदल यात्री रम्वादेवीलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएकी थिईन् ।
घाईते रम्वादेवीको विराट मेडिकल कलेज बुढीगंगामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ,ट्रक चालक नबिन खवास र एम्बुलेन्स चालक घनश्याम कुवारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post