इटहरी : नेपाल कम्युनिष्ट पार्टी एमाले सुनसरीको ८ ओैं जिल्ला अधिवेशन जेठ ५ देखि ७ गतेसम्म इटहरीमा हुने भएको छ।
सोमबार इटहरीमा पत्रकार सम्मेलन गरी अधिवेशनबारे जानकारी दिइएको हो । एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलको प्रमुख आतित्थ्यतामा इटहरीको लायन्स क्लबमा जिल्ला अधिवेशन हुने बताइएको छ ।
अधिवेशनको पहिलो दिन जेठ ५ गते बिहान उद्घाटन गरिने छ ।
अधिवेशनको लागि ६ सय ९५ जना प्रतिनिधिहरू चयन गरिएको छ । कार्यक्रममा १ सय ३५ जनाको नयाँ कमिटी सदस्य चयन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।














Discussion about this post