इटहरी : इटहरीमा लेवल नराखी बेकरीजन्य सामाग्रीहरू उत्पादन गर्ने गरेको पाइएको छ ।
इटहरी उपमहानगरले बजार अनुगमनका क्रममा लेवल नै नराखीकन बेकरीजन्य सामाग्री उत्पादन गरिरहेको पाइएको जनाएको हो ।
सोमबार उपमहानगरपालिकाले बजार अनुगमनका क्रममा लेवल नगरिएका अव्यवस्थित ढङ्गले बिक्रीका लागि राखिएको पाउरोटी भेटिएको थियो ।
इटहरी ६ मा रहेको न्यू मोर्डन पाउरोटी उद्योगले विना लेवल बेकरी सामाग्रीहरू बिक्री गरेको भेटिएपछि उपमहानगरले सो पसलमा ताला लगाइएको छ ।
न्यू मोर्डन पाउरोटी उद्योग इटहरी ६ ,ओम श्री गुरु पाउरोटी उद्योग इटहरी ६, विष्णु पाउरोटी उद्योग इटहरी ९, मयुक बेकरी एण्ड केक सप इटहरी ९ , सुशीला किराना पसल इटहरी ९ र सुरेन्द्र मार्केटिङ्ग इटहरी ६ गरि ६ वटा बेकरी उद्योगहरूमा अनुगमन गरिएको उपमहानगरले जनाएको छ ।
अनुगमनको क्रममा एउटा उद्योगमा ताला लगाइएको र ४ वटा उद्योगहरूलाई कागज पत्रसहित उपस्थित हुन निर्देशन दिइएको इटहरी उपमहानगरपालिकाका सूचना अधिकृत ओशन चौधरीले बताए ।
बजार अनुगमनका क्रममा भेटीएका ५० थान बेकरीहरू नष्टसमेत गरिएको उनको भनाइ छ ।
Discussion about this post