इटहरी : इटहरीमा पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने एकजनालाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।
इटहरी ४ आइतबारे चोक नजिक सडक किनारमा पार्किङ गरिराखेको इटहरी २ बस्ने तेज कुमार आलेको नाममा दर्ता रहेको लु. ६८ प १३३० नम्बरको एनएस २०० सिसिको मोटरसाइकल चोरी गर्ने मोरङ सुन्दरहरैँचा ६ का १९ वर्षीय सञ्जोक महरा पक्राउ परेको इटहरी प्रहरीले जनाएको छ ।
गत फागुन ४ गते चोरी भएको मोटरसाइकल १० गते इटहरीस्थित मोभिरा ओभर्सिज अगाडिबाट महरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चोरीको मोटरसाईकल सहित उनलाई चोरी मुद्दामा सुनसरी जिल्ला अदालतवाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post