Thursday, September 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

टिकटकले निम्त्याएको अपराध, विवाह गर्छु भनी ठगी गर्ने इटहरीबाट पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १४, २०७७
in टाकुरा विशेष, समाचार
0
टिकटकले निम्त्याएको अपराध, विवाह गर्छु भनी ठगी गर्ने इटहरीबाट पक्राउ

पक्राउ परेका गुरुङलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरी ।

4k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुरुमा टिकटकमा सामान्य कुराकानी हुन्छ । विस्तारै दुवैजना नजिकिन्छन् र कुराकानीलाई तीब्रता दिन्छन् । कास्कीका राजीब गुरुङ र धनकुटाकी युवतीबीचको कुराकानी अन्त्यमा विवाह गर्नेसम्म पुग्छ । र, उनीहरुको सुनसरीको इटहरीमा माघ २५ गते भेट हुन्छ ।

भेटसँगै यहाँ रहेको आरआर होटलमा उनीहरु २७ गतेसम्म बस्छन् । सोही दिन ती युवतीलाई गुरुङले आफ्नो संस्कारअनुसार विवाह गर्दा माइती पक्षबाट लगाएको गरगहना चोख्याउनुपर्ने भन्दै सबै गरगहना खोल्न लगाउँछन् । र, ती युवती नुहाउनका लागि बाथरुममा पस्छिन् । त्यही समयमा गुरुङले भएका गरगहना, एटिएम कार्ड लगायतका सामान लिएर फरार हुन्छन् ।

शुक्रबार ईलाका प्रहरी कार्यालय इटहरीले सामाजिक सञ्जाल टिकटकको दुरुपयोग गरी ठगी गर्ने गुरुङलाई पक्राउ गरी सार्वजनिक गरेपछि बाहिरिएको कथा हो यो ।

इटहरी प्रहरीका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार कास्की जिल्ला, कास्कीकोट गाउँपालिका ४ का ३५ वर्षीय राजीब गुरुङले टिकटकको प्रयोग गरी धनकुटाकी अन्दाजी २४ वर्षीय महिलालाई ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

‘धनकुटा घर भएकी एक युवतीलाई टिकटकबाट कुराकानी गरेर विवाह गर्छु भनी ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो,’ डीएसपी केसीले भने, ‘एक महिनाको अवधिमा दुवैजना विवाह गर्न राजी हुन्छन् र इटहरीमा भेट हुन्छ, यहाँ केही दिन बिताएपछि युवतीले लगाएको गरगहना लिएर फरार हुन्छन् ।’

पक्राउ परेका गुरुङलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरी ।

प्रहरीका अनुसार उनले गुरुङ संस्कार अनुसार माइती पक्षले दिएको गरगहना चोख्याएर मात्रै भित्राउनुपर्ने भएको भन्दै सबै गरगहना खोल्न लगाएर नुहाउन पठाउने बहानामा ठगी गरेको खुलेको छ ।

विवाह गर्ने प्रलोभन देखाएर ठगी तथा जबरजस्ती गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार ती युवतीको साथबाट चार आनाको झुम्का, १० आनाको सुनको ब्रास्लेट, ६ आनाको सुनको सिक्री, नगद २७ हजार पाँच सय तथा एटिएम कार्ड लिएर होटलबाट गुरुङ फरार भएका थिए ।

यसरी पक्राउ परे गुरुङ

प्रहरीका अनुसार उनले झापाकी एक महिलालाई पनि सोही प्रकृतिबाट ठगी गर्न लागेको सूचनाको आधारमा फागुन १२ गते इटहरी १३ खनारबाट फोटोको पहिचान गरी उनलाई पक्राउ गरेको थियो ।

‘फोटोको पहिचान गरी खानतलासी गर्ने क्रममा खनार क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो,’ डीएसपी केसीले भने, ‘जबरजस्ती करणी मुद्धामा सातदिनको म्याद थप गरी अझै अनुसन्धान गरिरहेका छौँ ।’

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका काण ठगीका घटना बढेकाले सचेत बन्न समेत प्रहरीको अपिल छ ।

 

Tags: #इटहरी #पक्राउ#इटहरी प्रहरीअपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

साइबर मुद्दामा  पूर्व विव्यस अध्यक्ष  झा पक्राउ
FEATURE BREAKING

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८३
0

इटहरी । पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विनोद झा पक्राउ परेका छन्। इटहरी–१७ का वडाध्यक्ष प्रभातकुमार आचार्यले दिएको...

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी
FEATURE BREAKING

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८३
0

धरान । गत वर्ष जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडका कारण पूर्ण रुपमा बन्द भएको धरानस्थित भाटभटेनीले आफ्नो सेवा सुरु गरेको...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३
अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

भदौ २४, २०८३
खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

साइबर मुद्दामा  पूर्व विव्यस अध्यक्ष  झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३
खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

भदौ २४, २०८३
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३



लाेकप्रिय

  • इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

    इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    294 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    288 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.