इटहरी (डेस्क) : मोरङको गोठगाँउमा भयानक दुर्घटना भएको छ । दुर्घटनामा घटनास्थलमै बेलबारी ११ लक्ष्मीमार्गका दुई युवाको मृत्यु भएको छ ।
आइतबार बिहानको राती करिब १ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ४ ख ६९६ नम्बरको माईक्रो र पूर्वबाट पश्चिमतिर जाँदै गरेको प्र.२.०२००१ प ३८७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
मोटरसाइकलमा सवार बेलबारी ११ लक्ष्मीमार्गका अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।











Discussion about this post