इटहरी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ इटहरी उपमहानगरले पूर्णता पाएको छ ।
इटहरीमा भएको नगर घोषणा कार्यक्रममा २ सय १३ सदस्य रहने गरी कमिटी चयन गरिएको हो । कमलजङ्ग दाहालको नेतृत्वमा भएको कार्यक्रम उपाध्यक्षमा सञ्जित शाह, सचिव सुमन कटुवाल र कोषाध्यक्ष अजय कुमार रहेका छन् ।
त्यस्तै, भेलाले दुर्गा गौतम, चम्पामाया विक, भुपाल सन्जेल र विमल श्रेष्ठलाई कार्यालय सदस्यको जिम्मेवारी दिएको छ । त्यस्तै, महिला विभाग प्रमुखमा जिनिट राईलाई जिम्मेवारी दिइएको छ ।














Discussion about this post