इटहरी : सडक डिभिजन कार्यालय विराटनगरले सडकमा काम गर्ने लेन्थर सुपरभाइजरहरुलाई प्रशिक्षण दिएको छ ।
धरानको फुस्रेमा सुनसरी र मोरङका ७० जना भन्दा बढी सडकमा काम गर्ने लेन्थरका सुपरभाइजरहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख पशुपति ज्ञावलीका अनुसार कार्यालयले प्रत्येक वर्ष गर्दै आएको लेन्थर सुपरभाइजरलाई प्रशिक्षण अन्तरगत यस वर्ष पनि आयोजना गरिएको हो ।
‘राजमार्गको आयु कसरी बचाउने भन्ने नै हाम्रो पहिलो उदेश्य हो,’ उनले भने, ‘सडकमा खाल्डाखुल्डी हुँदा पुर्ने, दुर्घटना हुन नदिने र सडकको संरक्षण गर्ने हाम्रो उदेश्य हो ।’
कार्यक्रममा लेन्थरका सुपरभाइजरका तर्फबाट गणेश कोइराला, इन्जिनियर सुधीर झा, लगायतले बोलेका थिए । साथै, सोही कार्यक्रमको अवसर पारेर वर्षभरी उत्कृष्ट काम गरेका सुपरभाइजरहरुलाई सम्मान समेत गरिएको थियो ।














Discussion about this post