इटहरी (डेस्क) : शङ्कास्पद मृत्यु घटनाको अनुसन्धानका लागि प्रहरीले नेकपा एमाले मोरङका नेतालाई पक्राउ गरेको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–१० जिरिखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको शङ्कास्पद मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले एमालेका स्थानीय नेता युवराज बास्कोटालाई पक्राउ गरेको हो ।
पथरीशनिश्चरे– २ का बास्कोटाको घरमा बसेका भण्डारीको गत पुस १४ गते शंकास्पद अवस्थामा मृत्यु भएको थियो । आफन्तले घरधनी बास्कोटाविरुद्ध हत्या आराेपमा २६ पुसमा किटानी जाहेरी दिएका थिए । तर उनी पक्राउ परेका थिएनन् ।
सोमबार महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा पुगेका बास्कोटालाई स्थानीय महिलाले कुटपिट गरेका थिए । बुधबार बिहान प्रहरीले बास्कोटालाई पक्राउ गरेको हो ।
बास्कोटाको घरमा मृत भेटिएका भण्डारीको शरीरमा नीलडाम भएको उल्लेख गर्दै आफन्तले २६ पुसमा हत्या आरोपमा किटानी जाहेरी दिएका थिए ।











Discussion about this post