मोरङ : भारत मटियारी ग्राम पंचायतका ३२ वर्षीय शिवलाल रायलाई बिभिन्न ब्राण्डका सिलप्याक मदिरासहित मोरङ प्रहरीले पक्राउ गरेको छ ।
ठूलो परिमाणको मदिरा नेपालबाट भारततर्फ चोरी निकासी हुन लागेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
गएराती मोरङको जहदा १ लंकाटोल स्थित रमेश यादवको कोठामा भण्डारण गरिएको मदिरा उंमग लेखिएको ३०० मिलिग्रामको ५७ काटुन, पलपल लेखिएको ३०० मिलिग्रामको ४० काटुन, सोफीका लेखिएको ३०० मिलिग्रामको ३७ काटुन, हरपल लेखिएको ३०० मिलिग्रामको १५२ काटुन र ३०० मिलिग्रामको खुल्ला १९९५ बोतल मदिरा बरामद गरेको हो ।
उक्त स्टोरमा मदिरा भण्डारण गरी नेपालबाट भारततर्फ चोरी निकासी गरी लैजान लागेका भारतीय नम्बर प्लेटको डब्लु बी २० z १०८७ नम्बरको कार र ४ वटा मोटरसाइकलसहित रायलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।











Discussion about this post