मोटरसाइकल चोरी गर्नेलाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।
२ गते मंगलबार राती इटहरी ४ आइतबारे स्थित शोभित बस्नेतको आफ्नै घरमा पार्किङ गरी खेको प्रदेश नं. १–०२–०४२ प २६३४ नम्बरको १५० सिसिको बजाज कम्पनीको पल्सर मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशब कुमार कटवालका अनुसार पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वाड नं. ४ बस्ने वर्ष २१ को माङफुङ भन्ने वसन्त सेन्दाङ रहेका छन् ।
पक्राउ परेका उनको साथमा रहेको झोला तलासी गर्दा विभिन्न औजार लगायतको सामानहरु समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।












Discussion about this post