सुन्दरहरैँचा : ५ चैत्रमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का २५ वर्षीय सुरज चौधरीको शङ्कास्पद अवस्थामा भेटिएको शव दुर्घटना हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
चौधरीको शव स्थानीय तेलिया खोलामा भेटिएको थियो भने उनी सवार मोटरसाइकल पुलमाथि लडेको अवस्थामा बरामद भएको थियो । तर, मृतक चौधरीसँग मिल्ने साथी अर्थात् मोटरसाइकलका धनी २२ वर्षीय राजेश चौधरी भने घटना पश्चात् फरार थिए ।
राजेशलाई इलाका प्रहरी कार्यालय बेलबारीले दोस्रो दिनमा नियन्त्रणमा लिएको थियो । फरार राजेशसँगको अनुसन्धानले पनि दुर्घटनाकै कारण घटना हुन पुगेको बेलबारी प्रहरीको अनुमान छ ।
तर, मृतकको पोस्टमार्टम रिर्पोट नआउन्जेलसम्म यकिन भन्न नसकिने बेलबारी प्रहरीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।
आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार बुधवार दिउँसो ४ बजेतिर भेट भएपछि सुरज र राजेश एउटै मोटरसाइकलमा हिँडेका थिए । यात्रा गरिरहेका बेला दुर्घटनामा परी खोलामा खसेर डुबेपछि उठेर बाहिर निस्कन नसक्दा सुरजको त्यहीँ मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।
यो पनि – पानीभित्र डुबिरहेको अवस्थामा सुन्दरहरैँचाका एक युवकको शव फेला, घटना शंकास्पद














Discussion about this post