उदयपुर : उदयपुर चौदण्डीगढी नगरपालिका ४ बाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी ५ का २३ वर्षीय सुनिल राई, उदयपुर त्रियुगा १३ का २४ वर्षीय हरि खड्का, ३० वर्षीय खगेन्द्र राई र २४ वर्षीय दीपक रम्तेल रहेका छन् । त्यस्तै, सप्तरी कंकालिनीका २० वर्षीय बब्लु मुखिया र २५ वर्षीय ऋषि कुमार क्षेत्री रहेका छन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट ३ ग्राम ३८ मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, ७ बोतल कोरेक्स, ५० ग्राम गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसैगरी उनिहरुको साथमा रहेको ६ थान मोबाइल नगद ३ हजार ५ सय २५ रुपैँया समेत बरामद गरिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post