सोलुखुम्बु : रेडपाण्डा (हाब्रे) को छालासहित तीन जनालाई सोलुखुम्बुबाट प्रहरीले पक्राउ गरेको छ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ का ७६ वर्षीय जगतबहादुर राई, वडा ३ का ५७ वर्षीय मित्रधन राई र ५६ वर्षीय कविरशंखर राईलाई रेडपाण्डाको छालासहित पक्राउ गरि प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
उनीहरूबाट प्रहरीले ७ वटा रेडपाण्डाको छाला बरामद गरेको छ।
त्यस्तै, रेडपाण्डा मार्न प्रयोग गरिने ५ वटा पासो समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटवालले जानकारी दिए।
प्रहरीले सोलुखुम्बुको हिमाली भेगस्थित राष्ट्रिय निकुञ्ज क्षेत्रबाट वन्यजन्तुको सिकारी तथा तस्करी भइरहेको भन्ने सूचना पाएको थियो। सूचना पाएपछि जिल्लाबाट प्रहरीले चैत ४ गते नै प्रहरी निरीक्षक मन्दिप चौहानको नेतृत्वमा विशेष टोली खटिएको थियो।
उनीहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२१ को दफा २६ को १ अनुसार पाँच लाख रुपैयाँदेखि दस लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ। त्यस्तै, पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुबै सजाय हुनसक्छ।












Discussion about this post