धरान : धरान उपमहानगरपालिका ८ बस्ने ३७ वर्षीय तिलबहादुर माझीलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
साढे ५ बजे माझीले ३१ वर्षीया श्रीमती सम्झना राईलाई खुकुरीले घाँटीमा प्रहार गरी घाईते बनाएका थिए । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले श्रीमतीको हत्यामा संग्लग्न रहेका माझीलाई पक्राउ गरेको हो ।
खुकुरी प्रहारबाट घाइते भएकी सम्झनालाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएपनि उपचारको क्रममा बेलुका पौने ६ बजे मत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या आरोपमा पक्राउ परेका माझीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post