धरान : ईलाका प्रहरी कार्यालय धरानले धरान १५ बाट ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा एक युवती पनि रहेकी छिन् । मनुषा तामाङ, सुजन धमला, अर्पण धमला र विधान आले मगरलाई ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ७ दिनको म्याद थप गरिएको धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार विधानको घरमा लागूऔषधको कारोबार हुने गरेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा बुधबार प्रहरी टोली उनको घरमा पुग्दा विधानसँगै अन्य ३ जना फेला परेका थिए ।












Discussion about this post