इटहरी : इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालित अधिकांश पसलहरूमा मूल्यसूची नभेटिएको अनुगमनमा खटिएका अधिकारीले जनाएका छन् ।
विराटनगरस्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनमा अधिकांश किराना पसलमा मूल्यसूची नभेटिएको हो । अनुगमनका क्रममा मूल्यसूची सँगै, लेबलिङ नभएका सामानहरू पनि बिक्री गरेको भेटिएको छ ।
इटहरीका किराना तथा होलसेल पसलहरूको अनुगमन गर्दा अधिकांश पसलमा मूल्यसूची फेला नपरेको विभागका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले बताए ।
केही पसलमा नेपालमा प्रतिबन्धित वस्तुसमेत बिक्री गरेको भेटिएको पोखरेलले बताए । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका सामानहरू बिक्री गर्ने चारवटा पसललाई ‘उपभोक्ता संरक्षण ऐन २०७५’ बमोजिम कारबाही गरिएको उनले बताए ।
इटहरी चोकमा बेला–बेला अनुगमन भएपनि इटहरीसँगै जोडिएको तरहरा, पकली, खनार लगायतका क्षेत्रमा बजार अनुगमन नहुने गरेको उपभोक्ताहरू बताउँछन् ।














Discussion about this post