इटहरी : सुनसरीको दुहवीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुहवी नगरपालिका १० स्थित नहरचौकमा भएको मोटरसाइकल दुर्घटनामा परेर सुनसरीकै गढी गाउँपालिका २ सखुवारे कलरुवा बस्ने ३२ वर्षीय संजय चौधरीको मृत्यु भएको हो ।
आज दिउँसो पौने २ बजे को ९ प ७००० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ४ प ६११२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर भएर दुर्घटना हुँदा को ४ प ६११२ नम्बरको मोटरसाइकल चालक रहेका चौधरीको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको विराटनगर अस्पतालमा मृत्यु भएको हो ।
अर्का मोटरसाइकल चालक मोरङ झोराहाट नयाँबजार बस्ने १८ वर्षीय निकेश बजारु समेत घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post