इटहरी : प्रदेश १ मा ट्राफिक प्रहरीले सात सय ४५ वटा सवारी साधन नियन्त्रणमा लिएर चालकलाई कारवाही गरेको छ ।
सोमबार होलीमा झापा, मोरङ, सुनसरी र उदयपुरमा गरी सात सय ४५ सवारी साधन नियन्त्रणमा लिएर चालकलाई कारवाही गरेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माका अनुसार कारबाही पर्नेमा सबैभन्दा बढी मोरङमा रहेका छन् । मोरङमा तीन सय ७६, झापामा एक सय ९५, सुनसरीमा एक सय ५१ र उदयपुरमा २३ वटा सवारी साधन नियन्त्रणमा लिएर चालकलाई कारबाही गरिएको थियो ।
होलीमा मापसे गरेर सवारी चलाउने चालकहरुलाई कारबाही गरिएको शर्माले बताए ।
उनले भने, ‘आज प्रदेशभर नै विशेष सुरक्षा व्यवस्थासहित चेकिङ गरिएको थियो, दुर्घटना नहोस् भन्नका लागि पनि मापसे प्रयोग गरेर सवारी चलाउने चालकलाई कारबाही गरिएको हो ।’














Discussion about this post