मोरङ : मोरङको बेलबारीमा एक पुरुष मृत फेला परेका छन् । बेलबारी नगरपालिका–३ स्थित लोहोन्द्रा खोलानजिकै अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।
आफन्त वा पारिवारिक नाता सम्बन्धका कोही पनि सम्पर्कमा नआउँदा पहाडे र आदिवासी जनजाति समुदायका जस्ता देखिने मृतकको पहिचान खुलेको छैन । पीपलको रुखमुनि म्याट ओछ्याइ झोलाको सिरानी लगाएर सुतिरहेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार स्थानीय बासिन्दाले मृत्यु भएको अवस्थामा शव देखेपछि दिउँसो ४ः३० बजेतिर प्रहरीलाई खबर गरेका हुन् ।
स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार मृतक केही समयदेखि बेलबारी क्षेत्रमा मागी खाएर हिँड्थे । शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post