पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् ।
तीन हजार ५ सय ६५ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १ सय ७९ जनाको नतिजा पोजिटिभ आएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १ सय ११ जना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ९६२ पुगेको छ ।












Discussion about this post