इटहरी : पछिल्लो २४ घण्टामा नेपालमा थप तीन सय ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा शनिबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ७३ हजार ८ सय ८६ जना संक्रमित निको भएका छन् ।
शनिबार कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३९ पुगेको मन्त्रालयले जनाएको छ ।













Discussion about this post