मोरङ : माेरङकाे जहदामा स्काभेटरकाे बकेटले लागेर एकजनाकाे मृत्यु भएकाे छ ।
जहदा १ भुटाहा चाेकमा निर्माणाधिन सडककाे काम गर्ने स्काभेटरकाे बकेटले लागेर स्काभेटरका अप्रेटर चालककाे मृत्यु भएको हो ।
ताप्लेजुङ्ग घर भएका २६ वर्षीय दीपक तामाङको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।
स्काभेटरमा तेल हालेर चेकजांच गर्ने क्रममा बकेट खुस्किएर तामाङलाइ लागेकाे थियाे । बकेटले लागेर घाइते भएका उनको विराटनगरस्थित काेशी अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।














Discussion about this post