उदयपुर : उदयपुर त्रियुगा नगरपालिका ११ का ३० वर्षीय गोकर्ण कार्कीलाई लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सोही स्थानबाट कार्कीलाई लागूऔषध ब्राउनसुगर २ ग्राम १० मिलिग्राम, तौल नाप्ने डिजिटल मेशिन १ थान, बिभिन्न कम्पनीका मोबाईल थान १०, सिमकार्ड ९ थान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
गत माघदेखि कार्कीले ब्राउनसुगर बिक्री बितरण मुद्धाको फरार प्रतिबादी समेत रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post