धरान : नेपाली कांग्रेस धरान नगर समितिले भवन निर्माणलाई तीव्रता दिएको छ ।
गत शिवरात्रीमा धरान २ स्थित निकेतन गल्लीमा ५ धूर जग्गामा २ तले पार्टी कार्यलयको शिल्यानास गरिएको थियो ।
धरान उपमहानगरपालिकाका मेयर एवं नेपाली कांग्रेस धरान नगरसभापति तिलक राई, जग्गादाता वडा नं. १८ निवासी दिलकुमारी राई र १ नं. क्षेत्रीय सभापति शुरेशमान श्रेष्ठले संयुक्त रुपमा शिल्यानास गरेका थिए ।
२ तले भवनको आज (आइतबार) पहिलो तल्लाको छत ढलाई सम्पन्न भएको छ । करीब ४५ लाख लागतमा निर्माण गर्न लागिएको भवन निर्माणको कामलाई तीव्रता दिइने कांग्रेस धरान सचिव श्याम पोखरेलले जानकारी दिए ।



















Discussion about this post