इटहरी : इटहरीमा एकजनासहित प्रदेश १ मा आज थप २५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ११, सुनसरीमा ६, झापा र सङ्खुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको छ ।
मोरङको विराटनगरमा ११, सुनसरीको इनरुवा र धरानमा २–२, इटहरी र दुहबीमा १–१, झापाको दमकमा २ र भद्रपुरमा १, सङ्खुवासभाको खाँदबारीमा २ र धर्मदेवीमा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको सङ्ख्या ३० हजार ४७० पुगेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।












Discussion about this post