कोरोना भाइरसको संक्रमण बढ्दै गइरहको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठूला सहरूहरूको विद्यालयमा एक महिना भौतिक कक्षा बन्द गर्न सिफारिस गरेको छ ।
मन्त्रालयले भौतिक कक्षाको विकल्पका रूपमा अनलाइ, भर्चुअल कक्षा मार्फत पठनपाठन गराउँन भन्दै उक्त सिफारिस गरेको हो ।
बढ्दो संक्रमणसंगै आक्रमक नयाँ भेरिएन्टको भाइरस देखिएको र उक्त भेरिएन्ट युवा र कम उमेर समूहमा देखिएले चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
Discussion about this post