नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४२८९ पीसीआर परीक्षणबाट ५८० जना र ४५१ एन्टिजेन परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र २५४ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा १७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत सोमबारदेखि बुधबारसम्म १३०५३ वटा नमुना परीक्षणमा १५३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल देशभर ४०५६ सक्रिय संक्रमित रहेका छन् ।












Discussion about this post