इटहरी : कोरोना संक्रमणको दर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश नं १ को मोरङसहित १४ जिल्लालाई संक्रमणबाट अति प्रभावित जिल्लाको सूचीमा राखेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जरुरी अपिल जारी गर्दै १४ जिल्लालाई अतिप्रभावित जिल्लामा वर्गीकरण गरेको सार्वजनिक गरेका हुन् । अतिप्रभावित जिल्लामा प्रदेश १ को मोरङ जिल्ला मात्र समेटिएको छ । मोरङ बाहेक काठमाण्डौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, दाङ, सुर्खेत, बारा र बागलुङलाई पनि अतिप्रभावित जिल्लाको सूचीमा राखिएको छ ।
मन्त्रालयले अतिप्रभावित जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अबिलम्ब बन्द गर्नुपर्ने अवस्था भएको जनाएको छ ।
मन्त्रालयले विद्यालय, रात्री व्यवसायहरु, ७ बजेपछि सबै रेष्टुरेष्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पुजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानहरुमा सहभागी नभईदिन पनि अपिल गरेको छ ।












Discussion about this post