Thursday, August 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

जेफालेमा सिर्जना उत्सव भव्यताका साथ सम्पन्न, साहित्यको माध्यमबाट पर्यटनलाई चिनाउनु सकारात्मक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २, २०७८
in कला साहित्य, भिजिट नेपाल, समाचार
0
जेफालेमा सिर्जना उत्सव भव्यताका साथ सम्पन्न, साहित्यको माध्यमबाट पर्यटनलाई चिनाउनु सकारात्मक
331
SHARES
Share on FacebookShare on Twitter

मोरङ (जेफाले) : मोरङको कर्णाली भनेर चिनिने जेफालेमा सिर्जना उत्सव भव्यताका साथ सम्पन्न भएको छ । नयाँ वर्षको अवसरमा केराबारी गाउँपालिका वडा नं. २ को आयोजना तथा जेफाले सिर्जना डबलीको संयोजन तथा व्यवस्थापनमा सिर्जना उत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा सात कवि तथा सात गजलकारहरुले सिर्जना सुनाएका थिए । त्यस्तै, पर्यटन र साहित्य सम्बन्धित बहस समेत आयोजना गरिएको थियो ।

पहिलो चरणमा ‘पर्यटन साहित्य किन र के का लागि’ विषयक बहस गरिएको थियो । कवि राज माङ्लाक, केराबारी गाउँपालिकाकी उपप्रमुख शान्ति भुजेल र पर्यटनकर्मी डिल्लिराम शर्मा अधिकारीले बहस गरेका थिए भने युवराज ठकुरी अज्ञानीले सहजीकरण गरेका थिए ।

कवि माङ्लाकले साहित्यको माध्यमबाट जेफालेलाई पर्यटन हबको रुपमा विकास गर्नका लागि गरेको नौलो अभ्यास सकारात्मक रहेको बताए । उनले भने, ‘पर्यटनको रुपमा पनि विकास गर्नका लागि साहित्यिक उत्सवका कार्यक्रमको सुरुआत हुनु राम्रो पक्ष हो, नेपालमा पर्यटनका थुप्रै सम्भावनाहरु छन्, तर हामीले एउटा यात्रा संस्मरण समेत लेख्न नसक्दा पर्यटनको विकास हुन सकेको छैन ।’

नेपालले हिमालको कथा बेचेर बाँच्न सक्ने भएपनि लेख्न नसकिएको र यात्राका संस्मरण समेत लेख्न नसक्नु दुःखद् रहेको उनले बताए ।

पर्यटनकर्मी अधिकारीले राज्यले समुचित ढंगबाट विकास गर्नुपर्ने बताए । राज्यले पर्यटनको विकासका निम्ति आवश्यक नीति निर्माण नबनाएको र लगानी समेत नगरेकाले समस्या भएको बताए ।

‘हामीले देशको हावा बेचेर पनि पैसा कमाउन सक्छौ, त्यति धेरै सम्भावना छन्,’ उनले भने, ‘नेपाल सौन्दर्यताको देश छ, पर्यटनलाई जनस्तरसमक्ष पुर्याउन अझै धेरै काम बाँकी छ ।’

बहस कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष भुजेलले जेफाले मोरङको कुनामा लुकेको ठाउँ रहेको उल्लेख गर्दै यसलाई साहित्य र पर्यटनमार्फत चिनाउन गरिएको अभ्यास सराहनीय रहेको बताईन् ।

‘गाउँपालिकाबाट पर्यटनको लागि स्थानीयले जति अपेक्षा गरेका छन्, त्यति सम्बोधन हुन नसकेको अवस्था छ, आगामी दिनमा साहित्य र पर्यटनको श्रीबृद्धिका लागि हामी नीति निर्माणमा लागि पर्नेछौँ ।’ उनले भनिन् ।

सिर्जना डबलीका सञ्चालक तथा बहस कार्यक्रमका सहजकर्ता युवराज ठकुरी अज्ञानीले पर्यटन र साहित्यलाई सँगै लैजान सकेमा समृद्धि हुने बताए । उनले साहित्यको माध्यमबाट उक्त ठाउँलाई सकारात्मक रुपमा अघि बढाउनका निम्ति साहित्य सँगसँगै पर्यटनलाई जोडेको बताए ।

आमन्त्रित अतिथिहरु ।

कार्यक्रमको दोस्रो सेसनमा ‘हाम्रै जनजीवनका कवि र कविता’ शीर्षकमा सात कविले कविता सुनाएका थिए । कविहरु मनु मञ्जिल, बद्री भिखारी, मुकुन्द प्रयास, रोशन परियार, विवेक विवश रेग्मी, सबिता फागो र नवीन थापा क्षत्रीले एक–एक वटा कविता सुनाएका थिए ।

त्यस्तै, ‘दामी गजल’ शीर्षकमा सात गजलकारले गजल सुनाए । गजलकारहरु लोकेन्द्र बञ्जारा, कृष्ण काश्यप, जेबी थुलुङ, दीपा वाग्ले, विश्वजीत राई, तारा दिप्साली राई र शुक्र आङ्देम्बेले गजल सुनाएका थिए । गजल कार्यक्रमलाई अस्मिता भट्टराईले सहजीकरण गरेकी थिईन् ।

सोही कार्यक्रममा गीतकार गोबिन्द खड्काको गीत संग्रह समेत बिमोचन गरिएको थियो ।

कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले जेफालेलाई पर्यटनको माध्यमबाट विकास गरिने बताए । पर्यटन र साहित्य सँगसँगै लैजानु अपरिहार्य काम रहेको उनले बताए ।

कार्यक्रममा वडासचिव रत्न बुढाथोकी (रञ्जित) ले स्वागत मंतव्य राखेका थिए ।

Tags: #पर्यटन#भिजिट नेपाल#मोरङ#साहित्यजेफाले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने
विविध

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

विराटनगर : धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले...

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित
FEATURE BREAKING

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.