धरान : किरात राई यायोख्खा जिल्ला कार्यसमिति सुनसरीले १२ औं राष्ट्रिय जनगनणा एवं संस्थागत प्रशिक्षण सुरु गरेको छ ।
यायोख्खाले राष्ट्रिय जनगनणालाई लक्षित गरि किरात राई समुदायको बसोबास रहेको सुनसरीको विभिन्न स्थानहरुमा प्रशिक्षण दिन सुरु गरेको हो ।
किरात राई यायोख्खाका केन्द्रिय महासचिव शुभचन्द्र राई र किरात राई यायोख्खाका केन्द्रिय सचिव दोर्पाध्वज राईले प्रशिक्षण दिइरहेका छन् । यायोख्खा सुनसरीले एक दिवसिय प्रशिक्षण कार्यक्रम धरान वडा नं. ८ बाट सुरु गरेको हो ।
यायोख्खा सुनसरीका अध्यक्ष बलराम राईको प्रमुख अतिथिमा शुक्रबार धरान ८ स्थित यलम्बर पार्कमा प्रशिक्षणको आयोजना गरेका थिए ।
अध्यक्षका राईका अनुसार यसभन्दा अघिको जनगनणामा किरात समुदायको थरमा केही त्रुटी भएका कारण यसपटक त्यस्तो त्रुटी नहोस् भनेर प्रशिक्षणको अभियान नै चलाएको हो ।
अध्यक्ष राईले किरात राई समुदायका सम्पूर्ण राईहरुले जातीको महलमा राई, मातृभाषामा किरात राईहरुले बोल्ने थरगत (पुख्र्यौली) भाषा, दोस्रो मातृभाषामा किरात राई समुदायकै अन्य कुनै बोलीचालीको भाषा साथै किरात राई समुदायले मान्य गरेका प्रकृति पुजक हुनाले धर्मको महलमा किरात लेख्न आह्वान गरेका छन् ।














Discussion about this post