इटहरी : सुनसरी धरान १५ का ३३ वर्षीय मनिप्रसाद लिम्बूलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
आज दिउँसो २ बजे विशेष सूचनाको आधारमा प्रहरीले लिम्बूको घरमा लुकाई छिपाई राखेको लागूऔषध DILEX –DC – २२ बोतल, NITROSUN-R – ६७ ट्याबलेट र गाँजा २०० ग्रामसहित उनलाई पक्राउ गरेको हो ।
यस्तै, मोरङ विराटनगर १६ हुलास चौक स्थितबाट शनिबार बेलुका लागूऔषध सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका २ का २४ वर्षीय रहिम मियाँ रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाइट्राभेट ट्याब्लेट १५० चक्कि सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post